बिपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

काडमाडौ - कोरोना संक्रमणबाट थप एक जना बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष बिपी कोइराला प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आज विहान मृत्यु भएको  प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिए ।  मृत्क पुरुषमा मधुमेह तथा क्षयरोग, श्वासप्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।