बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई प्लाज्मा थेरापी विधिका साथै रेमडिसिभर समेत प्रयोग गरी उपचार गरिएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।