नेशनल मेडिकल कलेजमा उपचारत कोरोना संक्रमितको मृत्यु

काठमाडौँ - बर्दियाका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको कोहलपुर नेशनल मेडिकल कलेजमा उपचारत क्रममा मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएका निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।