थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचारत आज विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

महिलालाई भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।

ती महिलालाई भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो ।  उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा लम्सालले जानकारी दिए ।

यसैगरी बुटवल उपमहानगरपालिका वडा नं १० का ६९ वर्षीय पुरुषको राति १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।