उपचारत एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगर । सप्तरीका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार २८ गते भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बुधबार विहान मृत्यु भएको छ ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने उच्च रक्तचापको पनि समस्या थियो । सप्तरीका युवकसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ ।