बन्दिपुरको कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं - सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुरकी ३३ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

लामो समयदेखि ज्वरोका कारण पीडित उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा उपचाररत थिइन् ।

उपचारकै क्रममा सो अस्पतालमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टिसँगै उनलाई प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो । मृत्कको परिवार वालाले जनाएको छ ।