सप्तरीका एसपीसहित डिएसपीलाई पनि कोरोना संक्रमण

काठमाडौं - सप्तरीका दुई जना प्रहरीमा कोरोना संक्रमण भएको छ ,
प्रहरी प्रमुख (एसपी) राजेन्द्र धमला र नायब उपरीक्षक (डिएसपी) तिलक भारतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि दुवैको पीसीआर परीक्षण भएको थियो । धमलामा सामान्य लक्षण र भारतीमा कुनै लक्षण नभएको बताइएको छ ।