विराटनगरमा बिहीबार थप ६८ जनामा कोरोना संक्रमण

विराटनगर- कोरोना भाइरस संक्रमितको संख्या तिव्रगतिले बढदै गएको छ,आज बिहीबार विराटनगरमा थप ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरस्थित महानगरपालिका– २ का वडाध्यक्ष कुमार पोखरेल सहित ६८ जना कोरोना संक्रमित थपिएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको पोजेटिभ रिपोर्ट आएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३५१ जना पुगेको छ ।