सिराहाका कोरोना संक्रमित पुरुषको मृत्यु

सिरहा - सिराहामा थप एक जना कारोना संक्रमितको मृत्यु भएको छ ।

सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ का ७७ बर्षीय पुरुषको काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उनलाई सास फेर्न समस्या भएपछि गत भदौ १६ गते काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा ती पुरुषको आइतबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।