प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, संक्रमितको सङ्ख्या ११ हजार नाघ्यो

काठमाडौं - विश्व्यापि महामारी रुपमा फैलिएका कोरोना भाइरसको कारणले विगत चार पाँच महिना देखी प्रदेश नं २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ र आठ, जना ,रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश न २ मा पछिलो २४ घण्टामा कोरोना संक्रमित भएका जिल्ला सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ संक्रमित थपिएका छन् ।

यस प्रदेशमा हालसम्मको कोरोना संक्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ । सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ । मन्त्रालयले जनाएको छ ।