कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं- धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

उनी मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला हुन् । उनको शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रादेशिक ल्याब विराटनगरमा परीक्षण गर्दा भदौ १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उनलाई श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या देखिएको डा. सापकोटाले बताए ।