रुपन्देहीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना संक्रमिको कारण शुक्रबार थप दुईजनाको मृत्यु भएको छ । 

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८:४५ बजे मृत्यु भएको हो ।

यनलाई भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि ती महिलाई भदौ ४ गतेदेखि नै आईसीयूमा उपचार भइरहेको थियो ।

आईसीयूमा भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा आज शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ ।

यस्तैगरी सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचार गरेर फर्केका उनको परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए ।मिर्गौलाका बिरामी उनको लामो समयदेखि डाइलासिस गराउँदै आएका थिए ।

शुक्रबार डाइलासिस गर्न अस्पताल जाने तयारी गरिरहँदा घरमै मृत्यु भएको जानकारी आएको शाहले बताए ।