धरानमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

सुनसरी — धरान हिजो बेलुकी मृत्यु भएका  व्यक्तिमा कोरोना पुष्टि भएको छ । उपमहानगरपालिका–११ मा मोतीचोक बस्ने ६५ वर्षीय पुरुषको हिजो मंगलबार बेलुकी   पीसीआर रिपोर्ट आउँदा कोरोना पोजिटिभ देखिएको हो ।

ती पुरुषलाई एक सातादेखि ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिए पनि उनी घरैमा बस्दै आएका थिए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले कोरोनासँग मिल्दोजुल्दो लक्षणले मृत्यु भएको पाइएपछि स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा पीसीआर जाँच गराउँदा संक्रमण पुष्टि भएको बताए ।