वीरगञ्जमा कोरोना संक्रमणबाट वृद्धको मृत्यु्

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक वृद्धको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका –२४ का ८० वर्षीय वृद्धको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।

गत शुक्रवार देखि आईसीयूमा उपचार गराइरहेका आज आईतवार दिउँसो  वृद्धको मृत्यु भएको नारायणी अस्पतालका विशेषज्ञ डा अतुलेश चौरसियाले जनाएको छ ।

वृद्धलाई ज्वरो आएर भदौ १३ गते नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको कलेजोमा समेत समस्या देखिएको थियो । ती वृद्धलाई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि सोही दिन वीरगञ्‍ज हेल्थ केयर कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।