धरानमा कोरोना संक्रमित आमा र छोराको मृत्यु

धरान । धरानमा कोरोना संक्रमतिबाट आमा छोराको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । छोराको बिहान ७:४५ बजे र आमाको साढे आठ बजे मृत्यु भएको हो ।

दुवै जना उच्च रक्तचाप र मधुमेहबाट समेत अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि उनीहरुलाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उनीहरुको आइतबार बिहान आएको स्वाब परीक्षणको रिपोर्टमा दुवै जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।