कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

बिराटनगर - कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको महिलाको मृत्यु भएको छ ।

ती महिला बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी र उनको उमेर ४४ वर्षीया विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।

मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।