परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
काठमाडौं । विपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाइबारे जवाफ मागेको छ ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले व्यक्त गरेको अभिव्यक्तिको जवाफ मागेकी हुन् ।
‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनु भएको कुरा आएको छ,’ अर्यालले भनिन्, ‘पारी बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ । अतीतको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न चाहनु भएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ ।’
अर्यालले कालापानी लिपुलेक लगायतका जमिनबारे नेपालको दाबालाई बोक्न सक्दैनौ भनेर परराष्ट्रमन्त्रीले भन्न खोज्नु भएको हो भन्ने प्रश्न पनि गरिन् ।
''धम्की मात्रै हाेइन, टि-स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्''
'काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, फरक पर्दैन': भौतिक पूर्वाधार मन्त्री सुन…
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
ताप्लेजुङमा अलैँची महोत्सव हुने
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
नेकपाभित्र चर्कियो आन्तरिक विवाद: 'प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन्' भन्दै असन्…
प्रतिक्रिया