केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ ।
कालीगण्डकी नदी किनारमा रहेको उहाँको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गर्नुभएको हो । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उहाँ अहिले गाउँको उदाहरणीय किसान बन्नुभएको छ ।
पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुुसी हुनुहुन्छ ।
उहाँले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गर्नुभएको छ । पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गर्नुभयो ।
यसैगरी, उहाँले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गर्नुभएको छ । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गर्नुभएको छ । उहाँले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गर्नुभएको छ । कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पु¥याएको छ ।
त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग÷करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।
''धम्की मात्रै हाेइन, टि-स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्''
'काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, फरक पर्दैन': भौतिक पूर्वाधार मन्त्री सुन…
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
ताप्लेजुङमा अलैँची महोत्सव हुने
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
नेकपाभित्र चर्कियो आन्तरिक विवाद: 'प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन्' भन्दै असन्…
प्रतिक्रिया