ताप्लेजुङमा अलैँची महोत्सव हुने
अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ ।
ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताउनुभयो ।
आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले बताउनुभएको छ ।
महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी र खरिदकर्ता र बिक्रेताबीच अन्तरक्रिया, अलैँची विज्ञ टोलीबीच अलैँचीको आधुनिक खेती र बजार विस्तारसम्बन्धी छलफलको कार्यक्रम रहेको समितिका संयोजक आङ्बुहाङले जानकारी दिनुभयो ।
अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ । ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुनेगरेको पाइन्छ ।
''धम्की मात्रै हाेइन, टि-स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्''
'काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, फरक पर्दैन': भौतिक पूर्वाधार मन्त्री सुन…
प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
नेकपाभित्र चर्कियो आन्तरिक विवाद: 'प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन्' भन्दै असन्…
प्रतिक्रिया