विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ । यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणापत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित थियो । सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातीसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे विचार राख्नुभएको थियो ।
बालेन असफल भएपछि राजतन्त्र आउँछ,विकल्प हामी दिन्छौं:राणा
अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
''बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो''
विदेशिनैपर्ने युवा बाध्यता चिर्ने सुरुवात बजेटले गरेको अर्थमन्त्री वाग्लेको दाबी
तेहरानमा कतारको पहल
इरानमा शान्ति सम्झौताको विरोध
प्रतिक्रिया