खराब कर्जा बढ्दा बैंकिङ क्षेत्रमा दबाब, राष्ट्र बैंकले औंल्यायो सुशासन र कर्जा व्यवस्थापनमा कमजोरी
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को वार्षिक सुपरभिजन प्रतिवेदनले बैंकिङ क्षेत्रमा निक्षेप, कर्जा र सम्पत्ति बढे पनि खराब कर्जा वृद्धि तथा संस्थागत सुशासनका कमजोरीले जोखिम बढाएको देखाएको छ।
प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप १३.६३ प्रतिशतले बढेर ६ खर्ब ५४ अर्ब रुपैयाँ र कर्जा १०.४९ प्रतिशतले वृद्धि भई ४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। तर खराब कर्जा २२.४० प्रतिशतले बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात ३.७६ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
बैंकहरूले धितो सकारेर राख्ने गैर–बैंकिङ सम्पत्ति पनि ४१.७७ प्रतिशतले बढेर ४२.७५ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि बैंकहरूको खुद नाफा ५.९० प्रतिशतले बढेर ५२.८२ अर्ब रुपैयाँ पुगेको छ।
सुपरभिजनका क्रममा राष्ट्र बैंकले कर्जाको वास्तविक अवस्था लुकाउन पुराना ऋणीलाई नयाँ कर्जा दिने, कर्जा रकमको उपयोग प्रभावकारी रूपमा अनुगमन नगर्ने तथा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाएको छ।
प्रतिवेदनमा जोखिम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सञ्चालक नियुक्ति प्रक्रिया तथा सूचना प्रविधि सुरक्षामा समेत सुधार आवश्यक रहेको औंल्याइएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीको स्थायित्व कायम राख्न नियम पालना र सुशासन सुदृढ गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
विश्वकपमा अस्ट्रेलियाको दमदार सुरुआत, स्कटल्यान्डको २८ वर्षपछि ऐतिहासिक जित
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’
एमालेले सबै केन्द्रीय सदस्यलाई पठाएको ३१ पृष्ठको ‘मिसन पार्टी जागरण’मा के छ?
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
प्रतिक्रिया