युट्युबर मिस्टर बिस्टले रचे इतिहास, ५० करोड सब्सक्राइबर पुर्याउने विश्वकै पहिलो क्रिएटर
काठमाडौँ । अमेरिकी युट्युबर जिमी डोनाल्डसन अर्थात् मिस्टर बिस्ट युट्युबको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ५० करोड (५०० मिलियन) सब्सक्राइबरको आँकडा पूरा गरेका छन् । शुक्रबार यो आँकडा पार गर्दै उनी युट्युबको इतिहासमा यति ठुलो संख्यामा सब्सक्राइबर पाउने पहिलो क्रिएटर बनेका हुन् ।
मिस्टर बिस्ट सन् २०२२ नोभेम्बरमा सबैभन्दा धेरै सब्सक्राइबर भएको व्यक्तिगत क्रिएटर बनेका थिए भने भने सन् २०२४ जुनमा युट्युबकै सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानल बनेको थियो । उनको ‘स्क्विड गेम इन रियल लाइफ’ भिडिओ १ अर्ब भ्युजको नजिक पुगेको छ । जसलाई उनको च्यानलको एउटा कोशेढुङ्गा मानिन्छ । उनले ‘५० युट्युबरबिच १० लाख डलरको प्रतिस्पर्धा’ जस्ता ठुला इभेन्ट आयोजना गरेर युट्युब कन्टेन्टलाई नयाँ उचाइमा पुर्याएका छन् ।
५० करोड सब्सक्राइबर पुग्नै लाग्दा उनले आफ्नो च्यानलबाट लाइभ स्ट्रिम गरेका थिए, जसलाई ६ लाखभन्दा बढी मानिसले लाइभ हेरेका थिए । उक्त ऐतिहासिक क्षणमा उनका प्रशंसकहरूले रमाइलो गर्दै केही बेर अनसब्सक्राइब र फेरि सब्सक्राइब गरेर उनलाई जिस्क्याएका थिए ।
५० करोडको लक्ष्य पूरा भएपछि भावुक बनेका मिस्टर बिस्टले आफ्नो संघर्षपूर्ण विगत सुनाएका छन् । उनले सन् २००८ को आर्थिक संकटका बेला आफ्नो परिवार टाट पल्टेको र सुरुवाती दिनमा भिडिओ उपकरण किन्न विज्ञापनबाट आउने पैसा (एडसेन्स) बचत गर्नुपरेको स्मरण गरे ।
“मैले ११ वर्षको उमेरमा युट्युब फेला पारेँ र यसैमा आफ्नो सर्वस्व सुम्पिएँ,” उनले भने, “कुनै पनि कुरामा निपुण हुन १० हजार होइन, १ लाख घण्टा लाग्छ भन्ने मलाई लाग्छ । म आफैँ युट्युब भिडियो बनाउन करिब ६० देखि ७० हजार घण्टा खर्च गरिसकेको छु ।” उनले आफ्ना प्रशंसकहरूलाई सपना पछ्याउन र मेहेनत गर्न प्रेरित समेत गरे ।
उनले ५०० मिलियन सब्सक्राइबर विशेष भिडिओ आज (शनिबार) रिलिज गर्ने घोषणा पनि गरेका छन् । भविष्यमा उनले भिडिओको सिनेमेटोग्राफी अझ सुन्दर र परिष्कृत बनाउने, मानिसहरूलाई मद्दत गर्ने र आफ्नो चकलेट कम्पनी (Feastables) मार्फत काम गर्ने योजना रहेको बताएका छन् । “म अझ बढी प्रेरित र दृढ छु । युट्युबमा अझै २०-३० वर्ष काम गर्न सक्छु,” उनले थपे ।
मिस्टर बिस्टले परोपकारलाई पनि आफ्नो मिसन बनाएका छन् । २० मिलियन सब्सक्राइबर पुग्दा उनले #TeamTrees अभियान सुरु गरेर २५ मिलियन डलरभन्दा बढी उठाई २५ मिलियन रूख रोपे । #TeamSeas ले ३० मिलियन डलरभन्दा बढी उठाएर समुद्र, नदी र तटबाट फोहोर हटायो । सन् २०२५ मा मार्क रोबरसँग मिलेर #TeamWater अभियान मार्फत ११५ देशका क्रिएटरहरूले WaterAid लाई ४० मिलियन डलर जुटाए ।
धवलशमशेर र दुर्गा प्रसाईंको नयाँ पार्टी: लिङ्देनमाथि राजनीतिक गद्दारीको गम्भीर…
राजा गद्दीमा बसेपछि धवलजी र म खप्तड जाउँला : दुर्गा प्रसाईं
च्यानलमा जहाज नियन्त्रण
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरक…
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन!''
न्यायमा ढिलासुस्तीको ‘भाष्य’ उच्च अदालत पाटनमा यसरी तोडियो
अमेरिका र इरानबिच हुने भनिएको ‘अन्तिम सम्झौता’मा के छ?
प्रतिक्रिया