कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
धनगढी । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित चुरे वन क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा दाबी गरिएजस्तो उक्त टेम्पु गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई, केबल वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र रहेको प्रस्ट पारेको छ
विज्ञप्ति अनुसार गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्र, जो अत्यन्त संवेदनशील र कमजोर वातावरणीय प्रणाली भएको क्षेत्र हो, त्यहाँ विगत लामो समयदेखि अवैध रूपमा खोका(छाप्राहरू बनाएर सरकारी जमिन कब्जा गर्ने र बेचबिखन गर्ने क्रम चल्दै आएको थियो। सोही क्रममा विगत ५ महिना अगाडि देखि पुनः अवैध संरचनाहरू खडा गरिएका थिए।
उक्त क्षेत्रमा घनश्याम धामीले चक्का र इन्जिन नभएको, धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर ल्याएर पसलको टहराको रूपमा स्थापना गरेका थिए। वन कार्यालयले एक महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको थियो। अन्य १० वटा छाप्राहरू हटे पनि धामीले भने अटेर गर्दै आएका थिए।
यसअघि वन कर्मचारीहरूले उक्त ट्याम्पोको ढाँचालाई धकेलेर निजको घरसम्म पुर्याई दिएको भए तापनि धामीले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गरेको र हटाउन खोज्दा गालीगलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार वन टोलीले पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। सो क्रममा गुड्न नसक्ने उक्त कवाडी ट्याम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटना बस भीरबाट खस्न पुगेको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय कैलालीले कानुन बमोजिम गरिएको वन संरक्षणको कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचारप्रसार नगर्न तथा सत्य तथ्य बुझिदिन आम नागरिकलाई हार्दिक अनुरोध गरेको छ।

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
दीपक भट्ट नाम एक, जालो अनेक, बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदार…
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको घोषणा
निजी बोर्डिङ स्कुलका ५ कक्षाका विद्यार्थीले महिला शिक्षकमाथि हातपात गरेको भिडि…
जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’
ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, दुई घाइते
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
प्रतिक्रिया