निजी बोर्डिङ स्कुलका ५ कक्षाका विद्यार्थीले महिला शिक्षकमाथि हातपात गरेको भिडिओ भाइरल, के हो घटना ?
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक स्कुलको कक्षा कोठामा विद्यार्थीले महिला शिक्षकमाथि हातपात तथा कुटपिट गरेको भिडिओ भाइरल भइरहेको छ । जनकपुरको सेन्टजेभियर हाई स्कुलको घटना भन्दै उक्त सीसीटिभी भिडिओ फुटेज चर्चामा आएको हो ।
भिडिओ फुटेजमा कक्षा चलिरहेको समयमा शिक्षिकाले एक जना विद्यार्थीलाई गृहकार्य नगरेको वा अन्य कुनै विषयमा केही सोधिरहेको जस्तो देखिन्छ । हातमा सानो लौरो जस्तो वस्तु बोकेकी ती शिक्षिकाले दोस्रो पटक हान्न खोजे लगत्तै ती विद्यार्थी उल्टै शिक्षिकामाथि जाइ लाग्छन् र मुक्कामुक्की गर्दै अघि बढ्छन् । उता शिक्षिका भने ज्यान जोगाउने प्रयासमा पछि हट्दै जान्छिन् ।
भिडिओ भाइरल भइरहेको पाइएपछि त्यहाँका एक कर्मचारीले सो भिडिओमा देखिएको घटना चार-पाँच दिन पहिलेको भएको बताए ।
"त्यो भिडिओ हाम्रै स्कुलको हो । चार पाँच दिन अघि स्कुलकै बच्चा एग्रेसिभ भएर बदमासी गरेको थियो," उनले टेलिफोन कुराकानीमा भने, "भिडिओ हेर्दा पनि बच्चाको बदमासी प्रस्टै देखिन्छ ।"
उनका अनुसार महिला शिक्षिकामाथि हातपात गर्ने विद्यार्थी ५ कक्षामा अध्ययनरत छन् भने उनको उमेर १२/१३ वर्ष जति मात्र छ । उक्त विद्यार्थीको विषयमा यसअघि त्यस खाले कुनै ट्रयाक रेकर्ड नभएको उल्लेख गर्दै उनले अचानक आवेशमा आएर शिक्षिकामाथि कुटपिटमा उत्रिएको सुनाए ।
"हामीले उसको अभिभावकलाई बोलाएर तपाईंको बच्चालाई हामी पढाउन सक्दैनौँ भनेर विद्यार्थी जिम्मा लगाइसकेका छौँ," उनले अगाडि भने । उनले यस विषयमा थप जानकारी दिन भने चाहेनन् ।
बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
पर्सामा एक सय किलो गाँजा पक्राउ
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
युट्युबर मिस्टर बिस्टले रचे इतिहास, ५० करोड सब्सक्राइबर पुर्याउने विश्वकै पहिल…
च्याटजीपीटीले छोरीलाई आत्महत्या गर्न उक्साएको भन्दै आमाले हालिन् ओपनएआई विरुद्ध …
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
प्रतिक्रिया