सोमपालसँगै कर्णालीका सात खेलाडी ‘रिटेन’
कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सात खेलाडीलाई ‘रिटेन’ गरेको छ।
शनिबार कर्णाली याक्सले कप्तान सोमपाल कामीसँगै सात खेलाडीलाई ‘रिटेन’ गरेको जानकारी दिएको छ। कर्णालीका लागि सोमपाल नै मार्की खेलाडी रहेका छन्।
त्यस्तै, गुल्सन झा, नन्दन यादव, दिपक डुम्रे, पवन सर्राफ, युवराज खत्री र युनिष विक्रम सिंह ठकुरीलाई पनि कर्णालीले ‘रिटेन’ गरेको छ।
एनपीएलमा सात खेलाडीलाई ‘रिटेन’ गर्न सक्ने व्यवस्था छ। अन्य खेलाडी अक्सनबाट अनुबन्ध गर्नुपर्नेछ।
कर्णालीले अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई ‘रिलिज’ गरेको छ। गत संस्करणमा टिममा रहेका सबै खेलाडी कर्णाली याक्सको लागि उतिकै महत्त्वपूर्ण रहे पनि नियम अनुसार रिलिज गर्नुपर्ने भएकाले उनीहरूलाई रिलिज गरिएको कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताए।
कर्णाली याक्स गत संस्करणमा छैटौँ स्थानमा रहेको थियो।
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना
‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’
स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्…
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम
‘नयाँ शक्ति’को नाम परिवर्तन गर्नु कमजोरी रह्यो: पूर्वप्रधानमन्त्री भट्टराई
यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली खानुपरेको गुनासो :अध्यक्ष स…
प्रतिक्रिया