यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली खानुपरेको गुनासो :अध्यक्ष साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा साम्पाङले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको बताए। ‘यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ,’ साम्पाङले भने, ‘मैले किन गाली खाइराख्नु परिरहेछ त भन्दाखेरि यो देशलाई बिछट्टै माया गर्छु। यो देशलाई सम्झेर थुप्रो चोटी रोएको छु, थुप्रो चोटी हाँसेको पनि छु।’

आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको उनले सुनाए। 

‘मलाई गाली गर्नेहरूको संख्या अझै धेरै बढेको छ। पहिला धरानमा हुँदाखेरि मैले दिनको एक हजार वटा गाली पाउँथे, अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु,’ उनले भने, ‘ती सम्पूर्ण मलाई गाली गर्ने महानुभावहरूलाई, ती विद्वान मित्रहरूलाई, ती बौद्धिक मित्रहरूलाई मेरो हार्दिक सम्मान छ, मेरो माया सम्झना छ।’

दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको उनले बताए। विवादबीच पनि दार्चुलामा पुलन निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने उनले बताए।

‘दार्चुलामा पुल थाप्नका लागि हामी गयौँ, थुप्रैले खुट्टा तानेको तानेकै। तपाईंहरूले खुट्टा तानिरहनुभएको छ, हामीले पुलको लट्ठा तानेर पुल बन्न आट्यो। अब १०–१५ दिनमा उद्घाटनमा जाँदै छु,’ उनले भने, ‘त्यसपछि हामी फेरि अर्को प्रोजेक्ट गर्छौं त्यहाँ पनि खुट्टा बेस्सरी तान्नु है।’

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको उनको आरोप थियो। सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा उनले जोड दिए। विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताए। 

‘प्रधानमन्त्रीलाई संसदको रोस्ट्रममा उभिएर जनताको उत्तर दिनुपर्छ भन्नु मेरो गल्ती हो? देशको सिमानामा सुस्तामा भारतीय सेना आएर हतियार देखाएर अतिक्रमण गर्न थाले, त्यहाँनेर हाम्रो सेना पठाउनुपर्छ, सुरक्षाकर्मी पठाउनुपर्छ भन्ने मेरो गल्ती हो? विदेशी ऋण लिएर हैन, ठूलठूला तपाईंको संरचनाहरू बनाएर विकासको फुइँ लाउनु भन्दा आफ्नै ढुङ्गा माटोमा आफ्नै पसिना बगाएर स्वाभिमानी, स्वाधिन अर्थतन्त्रको विकास गरौं भन्नु मेरो गल्ती हो?,’ उनले प्रश्न गरे, ‘गल्ती कहाँ छ हर्क साम्पाङ को?’

सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको उनको जिकिर थियो। ‘त्यत्तिकै हावामा गाली गरेको छ, गाली गरेको छ, गाली गरेको छ। तपाईंको मनलाई सोधेर हेर्नु त, तपाईंको मनले साँच्चै नै हर्क साम्पाङ गलत हो भन्छ त? कि तपाईंलाई कसैले पैसा दिएर गाली गर्, एउटा गाली गरे बापत तपाईंलाई ५० रुपैयाँ दिन्छु, १०० रुपैयाँ दिन्छु भनेर अह्राएको हो?,’ उनले भने, ‘यदि त्यो गाली गर्ने तपाईंको पेशा हो भने ठीक छ, एउटा कम्पनी खोलेर गाली नै गर्नु। गाली गर्ने कम्पनी खोल्नु त्यसको चेयरमेन बन्नु, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस्।’

नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै साम्पाङले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताए। आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो। 

‘हामी यो देशलाई जब माया गर्छौं, अपहेलित बन्छौं, तिरस्कृत हुन्छौं, बहिस्कृत हुन्छौं, सकिन्छ भने आफू काम गरौँ, आफू काम गर्न सकिँदैन भने अरुले गरेकोलाई खुट्टा तान्ने काम, बाधा अवरोध गर्ने काम र त्यसलाई अपमानित र निरुत्साहित गर्ने चलनको अन्त्य गरौं,’ साम्पाङले भने, ‘त्यो चलनको अन्त्य भएको दिन सतीले दिएको सरापदेखि मुक्त हुनेछ, हाम्रो देश।’

जतिसुकै गाली आए पनि आफू काम गर्न छोड्ने उनको भनाइ थियो। साम्पाङले भने, ‘यसरी नै मलाई गाली गरिरहनुस्, म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरू मेरो खुट्टा तानिरहनुस्। तर अन्ततः जित मेरै नै हुनेछ।’

उनले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गरे। पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गरे। 

पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल  सरकारी निर्णयलेर्म, संस्कृति असर पर्छ: गगन थापा

पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

विश्वकप फुटबलबारे प्रधानमन्त्री  साहले के भने ?

विश्वकप फुटबलबारे प्रधानमन्त्री साहले के भने ?

अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चरणमा पुगेको  बताए

अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चर…

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रियो

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्र…

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’