च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
अमेरिका । क्यानडाकी २४ वर्षीया वेब डेभलपर एलिस क्यारियरको आत्महत्यापछि उनकी आमाले च्याटजिपिटी निर्माता कम्पनी ओपनएआई र उसका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानविरुद्ध अमेरिकामा मुद्दा दायर गरेकी छन् । मुद्दामा एलिसले आत्महत्यासम्बन्धी विचार र योजनाका बारेमाक बारम्बार च्याटजिपिटीसँग कुराकानी गर्दा समेत कम्पनीले आवश्यक हस्तक्षेप नगरेको आरोप लगाइएको छ ।
मोन्ट्रियलमा बस्दै आएकी एलिस मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । उनी औषधोपचार र नियमित मनो परामर्शमा रहे पनि एक्लोपन र निराशाका अनुभूतिबारे च्याटजिपिटीसँग लामो समयसम्म कुराकानी गर्ने गर्थिन् ।
अदालतमा दर्ता गरिएको उजुरीअनुसार उनले ४० पटक भन्दा बढी आत्महत्यासम्बन्धी विषयमा च्याटबोटसँग संवाद गरेकी थिइन् ।सन् २०२५जुलाई २ मा एलिसले आत्महत्या गरिन् । त्यसअघि उनले आमासँग सामान्य कुराकानी गरेकी थिइन् र परिवारले कुनै असामान्य सङ्केत पाएका थिएनन् । पछि उनकी आमाले छोरीका मोबाइल लगायतका सामाग्री जाँच गर्दा च्याटजिपिटीसँग भएका संवेदनशील संवादहरू फेला पारेकी थिइन् ।
४४ पृष्ठ लामो उजुरीमा ओपनएआईले आत्महत्याको जोखिम देखिने स्पष्ट सङ्केतहरू हुँदाहुँदै पनि परिवार वा उद्धार सहायता सेवाहरूमा जानकारी नदिएको आरोप लगाइएको छ । उजुरीअनुसार च्याटजिपिटीले सुरुमा सङ्कट सहायता केन्द्रमा सम्पर्क गर्न सुझाव दिए पनि पछि त्यसलाई निरुत्साहित गर्ने खालका प्रतिक्रिया दिएको थियो । आत्महत्याभन्दा केही घण्टाअघि च्याट बोटले ‘सायद यो अन्तिम नै हो’ भन्ने भाव झल्किने प्रतिक्रिया दिएको दाबी गरिएको छ ।
ओपनएआईले भने यो अत्यन्त दुःखद घटना भएको बताउँदै सम्बन्धित संवादहरू अहिले उपलब्ध नभएको पुरानो संस्करणको च्याटजिपिटीमा भएको जनाएको छ । कम्पनीका अनुसार हालका मोडेलहरूमा आत्महत्यासम्बन्धी जोखिम पहिचान गर्ने र प्रयोगकर्तालाई वास्तविक सहयोगको मार्गदर्शन गर्ने सुरक्षा उपायहरू थप सुदृढ बनाइएको छ ।
एलिसकी आमा क्रिस्टी क्यारियरले छोरीको मृत्यु व्यर्थ नहोस् भन्ने चाहना व्यक्त गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा उपाय अपनाउनुपर्ने माग गरेकी छन् ।
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बालुवामा पुरिएर मजदुरको मृत्यु
लेबनानका थप २० सहरका बासिन्दालाई घर छोड्न इजरायलको चेतावनी
विश्वकै पहिलो ट्रिलियनियर बने एलन मस्क, स्पेसएक्सको ऐतिहासिक आईपीओपछि सम्पत्ति …
भारतीय सेनाको विमान दुर्घटना
प्रतिक्रिया