भारतीय सेनाको विमान दुर्घटना
काठमाण्डु- भारतको असमको जोरहाटमा भारतीय बायुसेनाको एयरबेसमा एएन ३२ मालवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान अवतरणका क्रममा आगलागी भएपछि दुर्घटना घटेको हो ।
विमानले रनवेमा सुरक्षित अवतरण गरेको भएपनि अवतरण लगत्तै विमानबाट आगोको मुस्लो निस्किएको थियो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र भागदौड मच्चिएको थियो ।
घटनाको जानकारी हुनासाथ एयरबेसका दमकल गाडीहरू र द्रुत प्रतिक्रिया टोली घटनास्थलमा पुगेका थिए । आपतकालीन उद्धार टोली तत्काल परिचालन भएपछि धेरै क्षति भने हुन पाएन ।
आगो नियन्त्रणमा लिन तथा विमानमा सवार चालक दल र अन्य कर्मीलाई सुरक्षित रूपमा बाहिर निकाल्न तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो ।
हालसम्म भारतीय वायुसेनाले विमानमा सवार व्यक्तिहरूको अवस्था तथा दुर्घटनाको वास्तविक कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बालुवामा पुरिएर मजदुरको मृत्यु
लेबनानका थप २० सहरका बासिन्दालाई घर छोड्न इजरायलको चेतावनी
विश्वकै पहिलो ट्रिलियनियर बने एलन मस्क, स्पेसएक्सको ऐतिहासिक आईपीओपछि सम्पत्ति …
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन …
विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहद्वारा अपी हिमालको तस्बिर पोस्ट
प्रतिक्रिया