परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन् ।
भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि स्थानीयले भने- सीमा पार गरेर किन आएको, यो…
बालेन क्याबिनेटमा पहिलोपटक देखिए महावीर, सुधनको ‘रि-इन्ट्री’
सरकारको ठूलो घोषणा: होल्डिङ सेन्टरमा बस्ने भूमिहीनलाई पूर्ण बीमा सुरक्षा
बिपी राजमार्गको बुच्चाकोट सेल्फी डाँडामा बस दुर्घटना : पाँच जनाको मृत्यु
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
अर्थमन्त्री वाग्लेलाई सांसद पुनको कडा प्रहार — 'पुरानाको गल्तीको आधारमा नयाँले…
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
प्रतिक्रिया