विपक्षी दलका सांसदहरूलाई अर्थमन्त्रीको धम्की
काठमाडौं– नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरेको स्वीकार गरेर आर्थिक अपराध गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा बोल्दै पुनले अर्थमन्त्रीले संसद् र सार्वजनिक लेखा समितिमा दिएको अभिव्यक्तिले संसद्को अवमूल्यन भएको र सांसदहरूलाई धम्क्याउने प्रयास गरिएको बताए ।
उनले आफूहरूले सुरुदेखि नै शंकाको लाभ दिएको उल्लेख गर्दै अर्थमन्त्रीले ‘७ वटा करका दर हेरफेर गरेको’ स्वीकार गरेकाले त्यसबारे संसदीय छानबिन हुनुपर्ने माग गरे ।
पुनले मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि कुनै एक मन्त्रीले करका दर परिवर्तन गर्न नपाउने जिकिर गर्दै यसले संसद्को सर्वोच्चतामाथि प्रश्न उठाएको बताए ।
उनले २० लाख रुपैयाँभन्दा कम मूल्यका निश्चित ब्रान्डका गाडीलाई कर छुट दिइएको विषय सबैलाई थाहा भएको दाबी पनि गरे ।
उनले आफू सहित सबै पूर्वअर्थमन्त्रीका कार्यकालसमेत छानबिन गर्न तयार रहेको बताउँदै नयाँ सांसदहरू सम्मिलित समिति बनाएर निष्पक्ष अनुसन्धान गर्न प्रस्ताव गरे ।
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
अर्थमन्त्री वाग्लेलाई सांसद पुनको कडा प्रहार — 'पुरानाको गल्तीको आधारमा नयाँले…
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
अचम्मको चोरीकाण्ड : आफ्नै पसलबाट २ करोडको सुन चोरेर प्रहरीसामु गरे नाटक, पर्द…
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
प्रतिक्रिया