पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न महावीर पुनको आग्रह
विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ ।
मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको हो ।
“देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ ।’’, उहाँले भन्नुभएको छ, “ देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु ।’’
अर्थमन्त्रीले बजेटमा छेडखानी गरे, चुप बस्न सकिँदैन : एमाले
स्पेसएक्सको आईपीओले इलन मस्कलाई बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको माल…
अग्निपीडित परिवारलाई रु दुई लाख सहयोग
हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको विरोध
सी चिनफिङ उत्तर कोरिया भ्रमणमा जानुको उद्देश्य के ?
सुस्तामा भारतीय सीमा बलले हप्कीदप्की गरेको भन्दै हर्कले संसदमा खोजे रक्षामन्त्री
करका दर हेरफेरसम्बन्धी विवादमा छानबिन समिति माग संसद अवरोध
प्रतिक्रिया