सुस्तामा भारतीय सीमा बलले हप्कीदप्की गरेको भन्दै हर्कले संसदमा खोजे रक्षामन्त्री
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ?’ उनले प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’ उनले भने ।
यही बेला सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताएका हुन् ।
‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने ।
सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै जानकारी पनि मागेका छन् ।
अर्थमन्त्रीले बजेटमा छेडखानी गरे, चुप बस्न सकिँदैन : एमाले
स्पेसएक्सको आईपीओले इलन मस्कलाई बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको माल…
अग्निपीडित परिवारलाई रु दुई लाख सहयोग
हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको विरोध
सी चिनफिङ उत्तर कोरिया भ्रमणमा जानुको उद्देश्य के ?
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न महावीर पुनको आग्रह
करका दर हेरफेरसम्बन्धी विवादमा छानबिन समिति माग संसद अवरोध
प्रतिक्रिया