विश्वकप २०२६ः दक्षिण कोरियाको विजयी सुरुवात
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण कोरियाले चेकियाविरुद्ध २-१ गोलको रोमाञ्चक जित दर्ता गरेको छ। खेलको सुरुवाती समयमा पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरियाले उत्कृष्ट पुनरागमनका साथ महत्त्वपूर्ण ३ अंक जोडेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक रह्यो। ५९औँ मिनेटमा लादिस्लाभ क्रेइचीले उत्कृष्ट गोल गर्दै चेकियालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, चेकियाको यो अग्रता लामो समय टिक्न सकेन। खेलको ६७औँ मिनेटमा ह्वाङ इन-बियोमले गोल गर्दै दक्षिण कोरियालाई १-१ को बराबरी स्थितिमा ल्याए। त्यसपछि आक्रामक बनेको कोरियाका लागि ८०औँ मिनेटमा ओ ह्योन-ग्युले निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे।
यस जितसँगै समूहमा दक्षिण कोरिया ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। यसअघि दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको मेक्सिको राम्रो गोल अन्तरका आधारमा शीर्ष स्थानमा कायम छ। पराजित चेकिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा रहेका छन्।
एलन मस्क बने विश्वका पहिलो ट्रिलिनियर
डिप्रेसनलाई जित्दै फुटबलमा उत्कृष्ट पुनरागमन गरेका टोमस
एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प अचानक किन रोकिए?
मौसमविद्लाई प्रश्न– नेपालमा मनसुन प्रवेश गरिसकेको हो ?
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु
मङ्गलेखानीमा खेलमैदान निर्माण
प्रतिक्रिया