एलन मस्क बने विश्वका पहिलो ट्रिलिनियर
काठमाडौं । प्रविधि उद्यमी एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर अर्थात् कुल सम्पत्ति १० खर्ब डलरभन्दा बढी हुने व्यक्ति बनेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार बिहिबार रकेट कम्पनी स्पेसएक्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) पछि यो उनी ट्रिलिनियर बनेका हुन् । यससँगै मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा बढी पुगेको छ ।
मस्कको मुख्य सम्पत्ति स्पेसएक्स र टेस्लामा रहेको उनको सेयर हिस्सा हो । स्पेसएक्सले आईपीओमार्फत् सर्वाधिक ७५ अर्ब डलर संकलन गरेको थियो । रोयटर्सका अनुसार स्पेसएक्समा मात्रै मस्कको सेयरको रकम करिब ८६६ अर्ब डलर छ । अमेरिकी बजारमा २०२६ जुन १२ देखि कारोबार शुरु भएपछि उनको सम्पत्तिमा यो उछाल आएको हो ।
सीएनएनको समाचारअनुसार मस्कको यो सम्पत्ति विश्वका अन्य चार धनी व्यक्तिहरूको कुल सम्पत्तिभन्दा पनि बढी छ । दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै एक तिहाइ मात्रै छ । अझै रोचक त, मस्कको सम्पत्ति ताइवान, स्विडेन र उनको जन्मथलो दक्षिण अफ्रिकाजस्ता धेरै देशको कुल अर्थतन्त्रभन्दा पनि ठूलो भएको छ । खासमा १ ट्रिलियनभन्दा बढी अर्थतन्त्र भएका देश नै जम्मा २३ वटा छन् ।
लगानीकर्ताहरूले मस्कप्रति ठूलो भरोसा देखाएको रोयटर्सले उल्लेख गरेको छ । बजार विश्लेषकहरूले यसलाई ‘इलन प्रिमियम’ वा ‘मस्कनोमी’ को संज्ञा दिएका छन् । ५४ वर्षीय मस्कले टेस्ला र स्पेसएक्स बाहेक न्युरालिंक र द बोरिङ कम्पनीजस्ता अन्य प्रविधि कम्पनीहरू पनि स्थापना गरेका छन् भने सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर) उनकै हो ।
सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्…
एसएसबीले नेपालीलाई हप्कीदप्की गरे रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई
अर्थमन्त्रीले बजेटमा छेडखानी गर्नुभयो, छानविन होस् : गुरु बराल
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
बालेन र रविनिकट मन्त्रीहरूबीच विश्वासको संकट, सूचना ‘लिक’ हुँदा दबाबमा सरकार
आक्रमण रोकिएको ट्रम्पको घोषणा, इरानको अस्वीकारले मध्यपूर्वी कूटनीति फेरि अनिश्च…
प्रतिक्रिया