डिप्रेसनलाई जित्दै फुटबलमा उत्कृष्ट पुनरागमन गरेका टोमस

काठमाडौं । घरेलु लिगदेखि प्रिमियर लिगसम्म चेकिया (चेक गणतन्त्र) का मिडफिल्डर टोमस सुसेककले आफूलाई अब्बल प्रमाणित गरे ।

प्रदर्शनकै कारण घरेलु क्लबले उनलाई स्लाभिया पारागुई र स्लोभन लिबेरेचका मुख्य प्रशिक्षक जिन्ड्रिच पिसोभ्सकीदेखि टोटनहमका तत्कालीन प्रशिक्षक जोजे मौरिन्होले खुलेरै हेर्न लायक खेलाडीको दर्जा दिए । यस वर्ष पनि चेकियाकाले विश्वकप खेल्ने भएपछि, सुसेककलाई हेर्न लायक खेलाडीको रूपमा लिइएको छ । 

उनको कद ६ फिट चार इन्चको छ । उनी, मिडफिल्डिर हुन् । तर, उनी आवश्यकता अनुसार स्ट्राइकर जसरी आक्रामक बन्न पनि सक्छन् । सन् २०१६ देखि राष्ट्रिय टिममा रहेका उनको प्रदर्शन निकै प्रशंसायोग्य छ । 

टिममा उनी ‘डिफेन्सिव र एट्याकिङ मिडफिल्डर’ को रूपमा खेल्दै आएका छन् । टिमले आक्रामक रणनीति अपनाउँदा उनी विपक्षी माथि चर्काे दबाब सिर्जना गर्न सक्षम देखिएका छन् ।

मिडफिल्डरको हिसाबले पास सिर्जना गर्नुका साथै सेट पिसमा हेडर प्रहार गर्न पनि अब्बल छन् । उनले समय समयमा व्यावसायिक फुटबलदेखि राष्ट्रिय टिममा पनि यो खुबी देखाइसकेका छन् । सुसेककले सन् २०२१ को मार्चमा विश्वकप छनोट अन्तर्गत स्टोनियाविरुद्ध ‘ह्याट्रिक’ प्रहार गर्दै टोलीलाई ६–२ को फराकिलो जित दिलाए ।  

यसको एक वर्ष अगाडी, सन् २०२० मा सुसेककले इंग्लिस क्लब वेस्टहमलाई रेलिगेसनबाट जोगाउन महत्त्वपूर्ण योगदान दिए । लिगको सदाबहार दाबेदार टिम चेल्सीलाई ३–२ ले पराजित गर्दै टोलीले रेलिगेसनको डर टार्दा  उनले टोलीका जारोड बोवेनको कर्नर पासमा हेडर गोल गर्दै टोलीलाई १–१ को स्थितिमा फर्काएका थिए । यस संस्करणमा पनि उनबाट यही आशा गरिएको छ । उनी उक्त प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा पनि छन् । चेक गणतन्त्रको स्थानीय सञ्चारमाध्यम चेकीया रेडियोलाई उनले भनेका छन्, “अझै धेरै गोल गर्न बाँकी छ ।”

सुसेकक राष्ट्रिय टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले सन् २०१६ मा डेनमार्कविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्दै राष्ट्रिय टिमको सिनियर टिममा डेब्यू गरेका थिए । त्यसअघि उनी राष्ट्रिय टिमको उमेर समूहमा पनि थिए । उनले सिनियर टिमअघि सन् २०१३ मा यू–१९, २०१५ मा यू–२० र २०२१६ मा यू–२१ टिमबाट खेलेका थिए । 

डिप्रेसनविरुद्धको लडाइँ 

सुसेककलाई हार नमान्ने र मिहेनती खेलाडी मानिन्छ । जुन उनको सबैभन्दा तारिफयोग्य पक्ष हो । तर, उनीमा यो सोच त्यतिकै पलाएको होइन । धेरै मानसिक सङ्घर्ष गरेपछि मात्र उनको सोच यति बलियो भएको हो । 

इंग्लिस क्लब वेस्टहमले सार्वजनिक गरेको आइरन पोडकास्टमा यस बारेमा सुनाएका छन् । उनले पोडकास्टमा सन् २०२३ को समयमा निकै मानसिक दबाब सामना गरेको बताएका छन् । उनी डिप्रेसन र स्मोनियाको सिकार भएका थिए । जसले गर्दा उनलाई सुत्न असहज हुन्थ्यो । खेलमा पनि एक किसिमको डर बोक्दै खेल्थे । 

“सुत्न गाह्रो भएको कारण फ्ल्याटमा घुमिरहेको हुन्थे । दुई तीन घण्टा सुतेर पनि खेल खेल्न जान्थे । खेलमा गल्ती होला कि भन्ने डरेले खेलिरहेको हुन्थे,” अन्तर्वार्ता उनले भएका छन् ।  
उनी निरन्तर त्यही समस्यासँग लडिरहे । अन्ततः करिब दुई वर्षको मानसिक संघर्षपछि उनी सामान्य अवस्थामा फर्कन सफल भए। उनले सन् २०२३ मे घरमै वेस्टहमबाट युरोपा कन्फरेन्स लिग पनि जिते । 

सुसेककले यो कथन आफ्नो जीवनी ‘सुक’ पुस्तकमा उतारेका छन् । सोही पुस्तकमा उनले आफ्नो उक्त क्षणलाई ‘दुई वर्षको त्रास’ भनेर उल्लेख गरेका छन् ।