सार्वजनिक खरिद ऐनले विपद् व्यवस्थापनमा बाधा पुगेको गृहमन्त्री सुधन गुरुङको गुनासो
गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राहत वितरणमा प्रयोग हुने आधुनिक प्रविधि र सार्वजनिक खरिद प्रक्रिया अत्यन्तै झन्झटिलो भएको बताएका छन्।
बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गरे। तर यस्ता प्रविधि प्रभावकारी भए पनि खरिद प्रक्रिया लामो र जटिल भएको उनको भनाइ थियो।
उनका अनुसार २०० केजीसम्म बोक्न सक्ने क्षमता भएको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण त्यसको खरिद प्रक्रिया करिब ४५ दिनसम्म लाग्ने गरेको छ। उनले व्यंग्य गर्दै भने, “ड्रोन खरिद गर्न ४५ दिन लाग्छ, त्यो आउँदा त मनसुन नै सकिन्छ।”
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनजस्ता संवेदनशील क्षेत्रमा तत्काल निर्णय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सरकार–प्रतिपक्ष सबैको सहयोग अपरिहार्य रहेको बताए।
त्यसैगरी उनले गृह मन्त्रालयमा बजेटको अभाव रहेको भन्दै सीमित स्रोतका कारण काम गर्न कठिनाइ भइरहेको पनि बताए। उनले सांसदहरूलाई मन्त्रालयको बजेट वृद्धि गर्न संसद्मा पहल गर्न आग्रहसमेत गरेका छन्।
डिप्रेसनलाई जित्दै फुटबलमा उत्कृष्ट पुनरागमन गरेका टोमस
एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प अचानक किन रोकिए?
मौसमविद्लाई प्रश्न– नेपालमा मनसुन प्रवेश गरिसकेको हो ?
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु
मङ्गलेखानीमा खेलमैदान निर्माण
भुटानी शरणार्थी प्रकरण पुनः चर्चामा, ओलीसहित आरजु र मञ्जु खाँणमाथि अनुसन्धानक…
प्रतिक्रिया