मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
काठमाडौँ, २८ जेठः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (क्ब्ऋभ्ए) का महानिर्देशक नर्बु वाङ्चुकले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण र प्लास्टिक व्यवस्थापन सम्बन्धमा भएका क्षेत्रीय पहललाई सुदृढ बनाउने तथा नेपालमा विशेषगरी प्लास्टिक प्रदूषण तथा फोहरको दीर्घकालीन व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
छलफलमा प्लास्टिक फोहर व्यवस्थापन, वायु गुणस्तर सुधार तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि नयाँ परियोजना ल्याउने तयारी भइरहेको महानिर्देशक वाङ्चुकले जानकारी गराउनुभयो । सीमापार वायुप्रदूषण र नदी प्रणालीमा हुने प्रदूषण समाधानका लागि क्षेत्रीय राष्ट्रहरुले एकापसमा सहकार्य र समन्वय गर्नुपर्ने तथा भुटान र नेपालजस्ता साना राष्ट्रहरुले क्षेत्रीय सङ्गठनमार्फत आफ्ना मुद्दाहरु प्रभावकारी रूपमा ठूला राष्ट्रहरुमाझ उठाउँदा प्रभावकारी हुने भएकाले क्षेत्रीय बैठकका लागि पहल गर्न मन्त्री चौधरीलाई उहाँले अनुरोध गर्नुभयो ।
त्यसैगरी, जुलाई ८ र ९ मा माल्दिभ्समा हुन गइरहेको ‘माले डिक्लरेशन’ पुनरुत्थानसम्बन्धी बैठकमा आगामी पाँच वर्षका लागि वायु गुणस्तर सुधारसम्बन्धी कार्ययोजना बनाइने भएकाले उक्त कार्यक्रममा नेपालबाट प्रतिनिधित्वका लागि महानिर्देशक वाङ्चुकले मन्त्री चौधरीसँग आग्रह गर्नुभयो ।
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध
तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी
पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…
बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रण…
प्रतिक्रिया