तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्‍यो छलफल

संविधान संशोधन कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार तीनै जना पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको हो ।

​सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित प्रचण्डको निवास पुगेको थियो ।

प्रचण्डकै निवासमा पूर्व प्रधानमन्त्रीहरू नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको जनाइएको छ ।