सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी
गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित दुईवटा होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूसँग माफी मागेका छन्। बिहीबार होल्डिङ सेन्टरको अवलोकन गर्दै विगतमा भएका कमजोरीप्रति माफी मागेका हुन्।
आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुमवासी वस्ती हटाइएको भए पनि सरकार उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनले स्पष्ट पारे। ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ,’ उनले भने।
सुकुमवासीहरूले गृहमन्त्रीसमक्ष बस्न र खान सहज भए पनि बालबच्चाको शिक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको गुनासो गरेका थिए।
पीडितहरूको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सो क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका छन्। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार गरी अस्पताल पुर्याउने व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन्।
मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध
तीन पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …
भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…
बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रण…
प्रतिक्रिया