बालेनसँग निहुँ खोज्दा ओली पनि सकिए, एमाले पनि कमजोर बन्यो रघुजी पन्त
काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त ले पार्टी नेतृत्वको पछिल्लो रणनीतिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग अनावश्यक टकरावले एमालेलाई ठूलो राजनीतिक क्षति पुगेको बताएका छन्।
पन्तले बालेन शाहसँग विवाद र दुश्मनीको राजनीति गर्नु एमालेका लागि महँगो साबित भएको दाबी गर्दै, यदि पार्टी अध्यक्ष केपी शर्मा ओली ले बालेनसँग निहुँ नखोजेको भए एमाले आजको जस्तो कमजोर अवस्थामा नपुग्ने टिप्पणी गरे।
उनले बालेनविरुद्धको राजनीतिक अभियानले जनतामाझ एमालेको छवि कमजोर बनेको उल्लेख गर्दै नेतृत्वको निर्णय र कार्यशैलीमाथि पुनर्विचार आवश्यक रहेको बताए। पन्तको भनाइ अनुसार, बालेनसँगको टकरावले केवल व्यक्तिगत सम्बन्ध मात्र बिगारेन, यसले पार्टीको लोकप्रियता र जनसमर्थनमा समेत नकारात्मक असर पारेको छ।
उनको अभिव्यक्ति सार्वजनिक भएसँगै एमालेभित्र नेतृत्वको रणनीति र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ।
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया