बाघसँग ठोक्कियो मोटरसाइकल: चालक घाइते, बाघ जंगलतर्फ भाग्यो!
चितवनको माडीमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। माडी नगरपालिका वडा नं. ९ स्थित रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक बाटो काट्दै गरेको बाघसँग ठोक्किएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी ४० वर्षीय अजित कुँवर घाइते भएका हुन्।
दुर्घटनाका कारण कुँवरको टाउको र बायाँ पाखुरामा चोट लागेको छ। घटनालगत्तै सोमेश्वर प्रहरी चौकी र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले उनको उद्धार गरेको थियो। ठोरीस्थित चोकबजार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ भने हाल उनको अवस्था खतरामुक्त रहेको छ।
मोटरसाइकलसँग ठोक्किएपछि अत्तालिएको बाघ भने तत्कालै जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रका सडकहरूमा वन्यजन्तुको आवतजावत हुने भएकाले रातिको समयमा विशेष सतर्कता अपनाउन र सवारी साधनको गति सीमित राख्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार
हरित कर र लगानी बढाउन आग्रह
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
५६ जिल्लामा रास्वपाकाे सभापति चुनिए, काे कहाँ ?
क्रिस्टियानो रोनाल्डोले कसरी बनाए २ अर्ब डलर कमाउने विश्वकै पहिलो खेलाडीको की…
प्रतिक्रिया