गोरखाली चेली ईश्वरी भुजेलको हत्या गर्ने नेपाली ब्रोलाई फाँ सी दिनुपर्ने भन्दै यति बेला बालाजु प्रहरी कार्यालयमा आफन्त र स्थानीयवासीले प्रदर्श
गोरखाली चेली ईश्वरी भुजेलको हत्या गर्ने नेपाली ब्रोलाई फाँ सी दिनुपर्ने भन्दै यति बेला बालाजु प्रहरी कार्यालयमा आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
-सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित रेस्लर कुमार थापालाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटारमा आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा प्रहरीले ४२ वर्षकै थापालाई शुक्रबार मध्यराति नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार शुक्रबार राति करिब १० बजेतिर घरायसी विवादका क्रममा थापाले श्रीमती ईश्वरीलाई फलामको रडले हानेका थिए।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले राति ११:३० बजे मृत घोषणा गरेको एसपी भट्टराईले बताए।
त्यसलगत्तै थापालाई प्रहरीले बालाजु क्षेत्रबाट समातेको हो।
‘श्रीमती ईश्वरी थापासँग डिभोर्स हुने अन्तिम चरणमा रहेको पनि बुझिएको छ, घटना र उनीहरूको पारिवारिक अवस्थाबारे हामी विस्तृतमा बुझ्दै छौँ’, उनले शनिबार बिहान भने।
अहिले ईश्वरीको शव शिक्षण अस्पतालमै पोस्टमार्टमको प्रक्रियामा रहेको जानकारी एसपी भट्टराईले दिए।
रेस्लर थापाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइने उनले बताए।
‘नेपाली ब्रो’का नाममा थापा सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर भाइरल बनेका थिए।
लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते
भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटला…
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुश…
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध
प्रहरी केरकारमा परेका सचिव पुष्करका पुराना 'कर्तुत'को फेहरिस्त, सुराकी भत्ताद…
(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबे…
प्रतिक्रिया