बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
काठमाडौँ । चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि आइतबार नेपाल आएका बलिउड (भारतीय) अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन् । उनले सोमबार बिहान सहकर्मीका साथ पशुपति दर्शन गरेका हुन् । उनी आइतबार नेपाल आएका थिए ।
बेदी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू कश्यप नरेन्द्र वेद र नवीन उदासको निमन्त्रणामा नेपाल आएका हुन् । नेपाल र भारतबिचको चलचित्र उद्योगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू वेद र उदासले यो भ्रमणको आयोजना गरेका हुन् ।
उनी विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार समेत गर्नेछन् । बेदी मङ्गलवार भारत फर्किनेछन् ।
इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार
हरित कर र लगानी बढाउन आग्रह
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी
बाघसँग ठोक्कियो मोटरसाइकल: चालक घाइते, बाघ जंगलतर्फ भाग्यो!
५६ जिल्लामा रास्वपाकाे सभापति चुनिए, काे कहाँ ?
क्रिस्टियानो रोनाल्डोले कसरी बनाए २ अर्ब डलर कमाउने विश्वकै पहिलो खेलाडीको की…
प्रतिक्रिया