हुम्लाको टाक्चीमा लिमी रिसोर्ट
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ ।
लिमी उपत्याका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको व्यवसायी तेन्जिन नुर्वु लामाले बताउनुभयो ।
हिउँदयाममा बाक्लो हिमपातले बन्द भएको रिसोर्ट वर्षायाम सुरु भएपछि पुनः सञ्चालनमा आएको हो । पाँचहजार १३० मिटर उचाइमा रहेको लिमीको लाप्चाबाट सजिलै मानसरोवर कैलाश दर्शनमा पुग्ने स्वदेशी तथा विदेशी पर्ययटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा आएको बताइन्छ ।
रिसोर्टले आन्तरिक पर्यटकका लागि तीन छाक खाना र बाससहित प्रतिव्यक्ति रु दुई हजार ५०० तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार ५०० शुल्क निर्धारण गरेको छ ।
रिसोर्टमा स्थानीय परिकारसँगै याकको सुकुटी पनि उपलब्ध छ । रिसोर्ट उच्च हिमाली क्षेत्रमा सञ्चालनमा आएकाले अक्सिजनको व्यवस्था गरिएको छ ।
बाघसँग ठोक्कियो मोटरसाइकल: चालक घाइते, बाघ जंगलतर्फ भाग्यो!
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
५६ जिल्लामा रास्वपाकाे सभापति चुनिए, काे कहाँ ?
क्रिस्टियानो रोनाल्डोले कसरी बनाए २ अर्ब डलर कमाउने विश्वकै पहिलो खेलाडीको की…
बालेन सरकारसँग ठुलो आशा बोकेर ६ महिनामै नेपाल फर्किए 'धुर्मुस' !
रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिक्रिया