विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो ।
नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो ।
शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामीमध्ये पुरुष बढी रहेका तथ्याङ्कमा उल्लेख छ । पुरुष एक हजार ५०२ जनाको र महिला एक हजार ४९८ जना रहेका छन् । उहाँले सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् । तथ्याङ्कअनुसार सबभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ ।
वरिष्ठ न्यूरोसर्जन डा झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बर्सेनि बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो ।
उहाँले स्टेज १ र २ का ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेशन ३ र ४ का बिरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने बताउनुभयो । नेपालमा ग्लियोमा (एकप्रकारको ट्युमर) का बिरामी सबभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । यस्तै मेनिन्जियोमा (एकप्रकारको ट्युमर)को बिरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् ।
निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका हुन् । वीर अस्पतालले दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दैआएकामा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डा झाले बताउनुभयो । ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
जनमत पार्टीद्वारा माइतीघरमा विरोध प्रदर्शन, थप आन्दोलनको चेतावनी
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य
इरान–इजरायल तनाव चर्किँदै, युद्धविराम अन्योलमा ?
विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
प्रतिक्रिया