रविले बोलाएको सर्वदलीय बैठकले संसद्को गतिरोधमा जुटाउला सहमति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । 

बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्नेछ । 

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष/सभापतिसहित दुईजनालाई सहभागिताका लागि आग्रह गरिएको छ । 

सर्वदलीय बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँगको छलफलपछि सर्वदलीय बैठक बोलाएको स्रोतले बताएको छ ।

भारतीय सीमा नेपालले मिचेको भन्दै सदनमा प्रधानमन्त्री बालेनले अभिव्यक्ति दिएसँगै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध हुँदै आएका छन् । यसमा निकास खोज्न रविले सर्वदलीय बैठक बोलाएका हुन् ।