रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
उनले आज सोमबार बिहान ९ः०० बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठकमा बस्ने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ ।
सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
इजरायलमाथि इरानको आक्रमण, हवाई क्षेत्र आंशिक रूपमा बन्द
आजको मौसम : तराईमा तातो हावाको बहाव रहने
हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको निर्देशन
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
४० जिल्लामा रास्वपा अधिवेशन सम्पन्न : यी हुन् नयाँ सभापति (सूची)
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
प्रतिक्रिया