आजको मौसम : तराईमा तातो हावाको बहाव रहने
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि सम्पत्ति छानबिन सुरु
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, संसद्को गतिरोध अन्त्य गर्ने प्रयास
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
इजरायलमाथि इरानको आक्रमण, हवाई क्षेत्र आंशिक रूपमा बन्द
हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको निर्देशन
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
४० जिल्लामा रास्वपा अधिवेशन सम्पन्न : यी हुन् नयाँ सभापति (सूची)
प्रतिक्रिया