बयलगाडाले किचेर घाइते बालकको मृत्यु
: सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते हुनुभएको थियो ।
त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पु¥याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पु¥याएकामा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने- न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्क…
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
मधेश प्रदेशमा काँडेभ्याकुर
‘स्वीप अप्रेशन’मा पोखराका विभिन्न स्थानबाट ४० जना नियन्त्रणमा
फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम
रास्वपा कास्की सभापतिमा अधिकारी
प्रतिक्रिया