दिल्लीबाट प्रधानमन्त्रीको भनाइ सच्याउँदै परराष्ट्रमन्त्रीले भने- सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका छैनौं
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको स्पष्ट पारेका छन्।
नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको आशय मध्यस्थता नभई ऐतिहासिक दस्तावेजहरूमा पहुँच खोज्नु रहेको बताए।
उनले सीमा विवादसँग सम्बन्धित केही प्रमाणहरू बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने भएकाले ती अभिलेख अध्ययन गर्ने सम्भावनाबारे मात्र सोचिएको बताए ।
खनालले नेपाल–भारत सीमा विवाद आपसी संवाद र कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने नेपालको पुरानै अडान रहेको दोहोर्याए । उनले प्रधानमन्त्री शाहले पनि संसद्मा यही धारणा व्यक्त गरेको उल्लेख गर्दै बेलायतसँग मध्यस्थताको आग्रह गर्ने कुनै योजना नरहेको बताएका हुन् ।
यसअघि संसदमा प्रधानमन्त्री शाहले भनेका थिए, ‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं, उहाँहरू ब्रिटिश इन्डिया छाड्दैगर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
तर, दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले भने सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको बताएका हुन् ।
सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले दिल्लीमा दिए यस्त…
नेपाल–भारत सीमा विवादमा बेलायतको मध्यस्थता खोज्दैनौंः मन्त्री खनाल
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड
नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन स…
अमेरिकाभित्रै गोली चल्यो, १२ जना घाइते
एसियन गेम्स छनोट : सहज जित निकाल्दै नेपाल फाइनलमा
मन्त्रिपरिषद् पुनर्गठन हुँदै : को–को छन् मन्त्री बन्ने रेसमा ?
प्रतिक्रिया